नेपाल स्क्वास राकेट्ससंघ को आयोजनामा चौथोअन्तर क्लब स्क्वास अन्तर्राष्ट्रिय टिमच्याम्पियनसिप सम्पन्न

काठमाडौं, मंसिर १७ गते।

यही मङ्सिर १४ गतेदेखि १७ गतेसम्म नेपाल स्क्वास राकेट्ससङ्घले अन्तरक्लब स्क्वास अन्तर्राष्ट्रिय टिमच्याम्पियनसिप २०२५ चौथो संस्करण,अन्तरगत नेपाल स्क्वासको सादोबाटोस्थित कोर्टमा लिग चरणको प्रतियोगिता समाप्त आज सेमिफाइनल र फाइनल खेल सम्पन्न भयो। लिगमा पुल ए का बिजेता स्क्वास क्वीन र पुल बी का उपबिजेता एन एस आर ए जुनियर का बिच प्रतिस्पर्धा हुंदा एन एस आर ए जुनियर २ – १ ले बिजयी भइ फाइनलमा प्रवेश गर्यो भने, पुल बी का बिजेता भुतपुर्व सिङ्गापुर पुलिसका टिम सिङ्गापुर लाहुरे र पुलि ए का उपबिजेता दोस्रो गोर्खा राइफल्स ए का बिच प्रतिस्पर्धा हुंदा सिङ्गापुर लाहुरे ३-० ले बिजयी भइ फाइनलमा प्रवेश गर्यो ।
सोही दिन सांज्ञ ४ बजे भएको एन एस आर एजुनियर र सिङ्गापुर लाहुरेका बिच भएको फाइनल खेलमा निकैनै प्रतिस्पर्धा का साथ सिङ्गापुर लाहुरे ‍ एनएस आर ए जुनियर २-१ को अंङकले प्रथम हुन सफल भयो ।

प्रतियोगिताका बिजेता खेलाडीहरुलाई नेपाल स्क्वास राकेट्ससंघ का अध्यक्ष ध्रुब बहादुर गुरूङ्गले एक कार्यक्रम बीच ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गर्नु भयो । साथै अध्यक्ष श्री ध्रुब बहादुर गुरूङ्गले सोही क्रममा खेल प्रतियोगिता वारे तथा अषय कोष बारे केही महत्वपुर्ण जानकारी सहितको मन्तव्य दिनु भयो । उक्त प्रतियोगिता ४ दिन सम्म सादोबाटो स्थित नेपाल स्क्वासको कोर्टमा संचालन भएको थियो।
उक्त्त प्रतियोगितामा १० वटा टिम र ४ वटा घरेलु टिम ले भाग लिएका थिए । १४ वटा टिमका जम्मा ४२ जना खेलाडी हरूले प्रतियोगितामा सहभागीता जनाएका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ