अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको महिला टोली चाइनिज ताइपेईसँग पराजित

काठमाडौं, मंसिर १७ गते।

इन्डोनेसियाको योग्यकार्तामा भएको खेलमा चाइनिज ताइपेईले दोस्रो हाफमा एक मात्र निर्णायक गोल गरेको हो ।
नेपाल थ्री नेसन्स कपअन्तर्गत मंगलबार भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा चाइनिज ताइपेईसँग १–० ले पराजित भएको छ । इन्डोनेसियाको योग्यकार्तामा भएको खेलमा चाइनिज ताइपेईले दोस्रो हाफमा एक मात्र निर्णायक गोल गरेको हो ।
यो गोल केइ–सिन हुवाङले ५३ औं मिनेटमा गरिन् । यो जितसँगै चाइनिज ताइपेईले थ्री नेसन्स कपका दुवै खेल जितेर उपाधि जितेको छ ।

यसले यसअघि इन्डोनेसियालाई ५–० ले पराजित गरेको थियो । नेपाल भने दुवै खेलमा पराजित रह्यो । इन्डोनेसियाले नेपाललाई २–१ ले पराजित गरेको थियो ।

वर्षाले प्रभावित खेलमा दुवै टिमले आफ्नो स्वाभाविक प्रदर्शन भने गर्न सकेन् । पूरा खेल अवधिमा नेपाल निर्णायक सावित हुने आक्रमण बुन्न असफल रह्यो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ