चौथो संस्करण स्क्वास भु.पू. सिंगापुर पुलिसका टिम र पूल बी मा १९ बर्ष मुनीका खेलाडी वर्चश्व कायम

काठमाडौं, मंसिर १५ गते ।

नेपाल स्क्वास राकेट्स सङ्घले अन्तर क्लब स्क्वास अन्तर्राष्ट्रिय टिम च्याम्पियनसिप २०२५ चौथो संस्करण,अन्तर्गत नेपाल स्क्वासको सादोबाटो स्थित कोर्टमा आज सम्मको खेल नतिजा अनुसार पुल एमा राष्ट्रिय महिला खेलाडीको स्क्वास क्वीन टिम र टिम पीआरसी १२ / १२ अंक प्राप्त गरी प्रतिस्पर्धा गर्दै छ भने पूल बीमा भु.पू. सिंगापुर पुलिसका टिम सिंगापुर लाहुरेले अन्य सबै टिम लाई पछाडी पार्दै १५ अंक हासिल गर्दै वर्चश्व कायम राख्न सफल भएको छ ।
यस प्रतियोगिता मा पुल ए तर्फ टिम पिआरसीले ब्रुनाईका गोर्खा राइफल्स सी टिमलाई ३-० र ट्रेन्डि बियर्सलाई ३-० ले हराउदै थप ८ अङ्क प्राप्त गर्न सफल भयो। सोही पुलका राष्ट्रिय महिला खेलाडीको स्क्वास क्वीन टिमले ब्रुनाईका गोर्खा राइफल्स ए टिमलाई ३-० ले र रोयल सिंगल बी यु के टिमलाई ३-० ले पराजित गरे । गोर्खा राइफल्स ए ले गोर्खा राइफल सी लाई ३-०ले हराउदै चार अङ्क प्राप्त गर्यो । ट्रेन्डि बियर्स टिमले ब्रुनाईका गोर्खा राइफल सी लाई २-१ ले र रोएल सिङ्ग्लस बी यु के लाई ३-० को सोझो सेटले हरायो । साथै ब्रुनाईका गोर्खा राइफल्स ए ले ब्रिटिस स्कुललाई ३- ० को सोझो सेटले र ट्रेन्डि बियर्स टिमलाई २-१ ले हरायो।

पूल बी मा १९ बर्ष मुनीका खेलाडी रहेको टिम एन एस आर जुनियर ले भारतिय मिलिटरी एटाचीका टिम भारत लाई २-१ र पाकिस्तान,बंगलादेश सम्मिलित मैत्री टिम याच के याच लाई ३-० ले पराजित गरी ७ अंक सहित बिजयी शुरूवात गर्यो। त्यसै गरी सोहि पुलमा ब्रुनाईका गोर्खा गोरखा राइफल्स बी ले पाकिस्तान र बंगलादेश सम्मिलित मैत्री टिमलाई २-१ ले हराउदै अग्रता कायम रख्यो । भु.पू. सिंगापुर पलिसका टिम सिंगापुर लाहुरेले रोएल सिङ्ग्लस ए यु केलाई ३-१ ले र रोएल सिङ्ग्लस सी यु के रोयाल सिग्नल्स सी यु के टिमलाई ३-० ले पराजित गरे।

भोली १६ मङ्सिर मंगलबार लिग चरण समाप्त गरी १७ गते नकआउट खेल हुने छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ