
काठमडौँ, मङ्सिर १२ गते ।
नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले सनसनीपूर्ण जित निकालेको छ । बसिर अहमेदको अर्धशतकमा विराटनगरले कर्णालीविरुद्ध सनसनीपूर्ण जित निकालेको हो ।
कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी हुँदा ७ विकेटको क्षतिमा १६३ रन बनाउँदै पूरा गरेको हो ।