बंगलादेशमा रग्बी सिरिज जितेको टोलि स्वदेश फर्कियो

काठमाडौं, मंसिर १० गते ।

बंगलादेश इन्टरनेसनल रग्बी सिरिज जितेको टोलि आज स्वदेश फर्किएकाछन् ।

टोलीलाई स्वागत गर्न नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा, महासचिव गोबिन्द घिमिरे ,सदस्य सन्त कुमार मेहता, एजुकेटर टंकराज गीरी, मेडीकल चिएर मेन लक्ष्मण अधिकारी लगाएत ले त्रिभवन अन्तर्राष्ट्रिय बिमान स्थलमा भब्य स्वागत गर्नुभएको छ।
बंगलादेश इन्टरनेसनल रग्बी सिरिज नेपालले आइतबार जितेको थियो । सेभन्सको २ र फिफ्टिन्सको १ गरी ३ खेलको सिरिज नेपालले एक खेल अगावै सिरिज जितेको हों ।
बंगलादेशको ढाकामा भएको सिरिजअन्तर्गत नेपालले आइतबार सेभन्सको दुवै खेलको नतिजा आफ्नो पक्षमा पारेको थियो । नेपालले बंगलादेशलाई पहिलो खेलमा १५–० र दोश्रोमा २६–१५ को जित दर्ता गरेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ