दोस्रो टेस्टको पाँचौँ दिन भारतलाई ४ सय ८ रनको ठूलो अन्तरले पराजित

काठमाडौं, मंसिर १० गते ।

दक्षिण अफ्रिकाले दोस्रो टेस्टको पाँचौँ दिन बुधबार भारतलाई ४ सय ८ रनको ठूलो अन्तरले पराजित गरेको छ । यससँगै दक्षिण अफ्रिकाले दुई टेस्टको सिरिजमा निर्णायक २-० को अग्रता समेत लिएको छ ।
जितका लागि ५ सय ४९ रनको विशाल लक्ष्य पाएको भारत आफ्नो दोस्रो इनिङ्समा १ सय ४० रन मात्र बनाएर अलआउट भयो । त्यसमा रवीन्द्र जडेजाले सर्वाधिक ५४ रन जोडे । दक्षिण अफ्रिकी बलरमध्ये सिमाने हारमरले ३७ रनमा ६ विकेट लिए ।

दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्समा ४ सय ८९ रन बनाएपछि त्यसको जवाफमा भारत २ सय १ रन मात्र बनाएर अलआउट भएको थियो । दक्षिण अफ्रिकाले भारतलाई फलो अनका लागि भने बाध्य पारेन ।

त्यसपछि पाहुना टिमले ५ विकेट गुमाएर २ सय ६० रन बनाएर आफ्नो दोस्रो इनिङ्स समाप्तीको घोषणा गरेको थियो । दक्षिण अफ्रिका पहिलो टेस्टमा ३० रनले विजयी रहेको थियो । दक्षिण अफ्रिकाले भारतीय भूमिमा टेस्ट सिरिज जितेको २५ वर्षयता पहिलो पटक हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ