
काठमाडौं, मंसिर ८ गते ।
एसियाली टेनिस महासंघ (एटीएफ) को सहयोग तथा नेपाल टेनिस संघको आयोजनामा यङ टेनिस स्टार्स (वाइटीएस) कार्यक्रम सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।
कार्यक्रमको आयोजक टेनिस संघका अध्यक्ष मनोहरदास मुलले एक कार्यक्रमबीच उद्घाटन गरे । ३ देखि १० वर्षका बालवालिकालाई टेनिसमा कसरी आकर्षित गराउने भन्ने योजनासाथ कार्यक्रममा प्रशिक्षकलाई प्रशिक्षत गराइने टेनिस संघका सचिव अजय विष्टले जनाएका छन् ।
कार्यक्रमा १५ प्रशिक्षक सहभागी छन् । उनीलाई बुधबारसम्म एटीएफ प्रशिक्षक माइक ब्यारेलले प्रशिक्षण दिने छन् ।