नेपाली क्रिकेट जर्सी अब अमेरिकामा पनि किन्न पाईने

राष्ट्रिय क्रिकेट टिमको जर्सी अमेरिकामा पनि किन्न पाईने भएको छ । 

अमेरिकामा नेपालको क्रिकेट टिमको जर्सी बिक्री गर्ने अधिकार एक्जोबीले पाएको हो। एक्जोबी यूएसका व्यवस्थापकद्धय सुमन क्षेत्री र केशव दाहाल तथा केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेबीच मेरिल्याण्डको बाल्टिमोरमा जर्सी बिक्री सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार नेपाली क्रिकेट जर्सी ३९ दशमलव ९९ डलरमा प्राप्त गर्न सकिनेछ । 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ