विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा सहभागी पावर लिफ्टिङ टोलीको बिदाइ


काठमाडौं, मंसिर ७ गते ।
विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन २८ खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बुधबार श्रीलंकाको कोलम्बो जाने भएको छ । प्रतियोगिता नोभेम्बर २७ देखि ३० तारिखसम्म हुनेछ ।
खेलाडीमा आदेश श्रेष्ठ, अंकित योञ्जन, अर्चना मानन्धर, असेन महर्जन, भेषकुमारी अस्लामी, विकेश श्रेष्ठ, विकिन जोशी, देवकी खड्का, डा. जितेन्द्रकुमार शाह, ज्ञानरत्न शाही, झरना योञ्जन, कल्पना खत्री, लक्ष्मी महर्जन, मनोज श्रेष्ठ, निमेश छुकन, ओजशचरण जोशी, पुनम चौधरी, प्रमिका विष्ट, रमेश श्रेष्ठ, रुबी श्रेष्ठ, सविता ह्याजु, सविता श्रेष्ठ, समन मधिकर्मी, सौगात कर्माचार्य, सर्मिला शाह, सुजित अवाले, सुकदेव कार्की र आकृत बानियाँ रहेका छन् ।
व्यवस्थापकमा डेविड प्रधान तथा प्रशिक्षकमा निकिता महर्जन, प्रशान्त मानन्धर, पुनित श्रेष्ठ, रुजेश शाही र सुजन श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच आइतबार बिदाइ गरे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ