एशियन कप छनोट : नेपाल सिरियासँग ४ -२ गोल अन्तरले पराजित

काठमाडौं, मंसिर ७ गते ।

एएफसी १७ वर्षमुनिको एशियन कप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल सिरियासँग पराजित भएको छ । म्यानमारको याङ्गुमा रहेको थुवुन्ना रङ्गशालामा हिजो भएको खेलमा सिरियासँग नेपाल ४–२ गोलअन्तरले पराजित भएको हो ।
सिरिया का लागी पहिलो गोल अल हरिरी ले ७ मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाए।
दोस्रो गोल भने अललि अल्जसेम ले १० मिनेटमा दोस्रो गोल थपे त्यसैगरी ओडे अल्फश्लाकी ले १४ मिनेटमा टोलीलाई तेस्रो गोल गरेर टोलि माथी अग्रता काएमै राखे । चौथो गोल भने अल्फा राजले ८८ मिनेटमा गोल गरे।
त्यसै गरी नेपाल का लागी दुवै गोल निश कुमार ले ५३ र ६९ औ मिनेटमा गोल गरे।
समूह ‘जी’मा रहेको नेपालले भोलि ओमानसँग खेल्ने छ । त्यसपछि नेपालले अफगानिस्तानसँग र घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । समूह विजेता आउँदो वर्ष साउदी अरेबियामा हुने एशियन कपका लागि छनोट हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ