
काठमाडौं, मंसिर २ गते ।
नेपाल बुद्धिचाल महासंघको विवादका सम्बन्धमा छानविन गर्न गठित कार्यदलले मंगलबार प्रतिवेदन बुझाएको छ । राष्ट्रिय टिम तयारी उपनिर्देशक समेत रहेका कार्यदलका संयोजक दीपक श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई प्रतिवेदन हस्तान्तरण गरे ।
सो अवसरमा कार्यदलका सदस्य मिनबहादुर जिसी र सचिव सानुराज केसीको पनि उपस्थिति रहेको थियो । कार्यदल गत असोज १२ गते गठन गरिएको थियो ।