
काठमाडौँ, मङ्सिर २ गते ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एएफसी यु–१७ एसियन कप छनोट खेल्न जाने नेपाली टिमको विदाइ गरेको छ ।
सो प्रतियोगिता म्यानमारमा नोभेम्बर २२ दखि २८ तारिखसम्म हुनेछ । एन्फा महासचिव किरण राई, प्रमुख कार्यकारी अधिकृति (सिइओ) इन्द्रमान तुलाधर, केन्द्रीय सदस्यहरु पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठलगायतले प्रतियोगितामा राम्रो नतिजका लागि शुभकामना दिनुभयो ।
एएफसी यु१७ एसिया कप छनोटमा नेपाल समूह जीमा सिरिया, म्यानमार, ओमान र अफगानिस्तानसँग रहेको छ । नेपालले नोभेम्बर २२ मा सिरियासँग खेलेर प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि नेपालले नोभेम्बर २४ मा म्यानमार, नोभेमबर २६ मा ओमान र नोभेम्बर २८ मा अफगानिस्तानको सामना गर्नेछ ।
सो टोली बुधबार म्यानमार प्रस्थान गर्नेछ ।
