
काठमाडौँ, कात्तिक २४ गते।
एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा समृद्धि खुला महिला बास्केटबल प्रतियोगिता सोमबार सम्पन्न भएकोछ । आज भएको सिनिएअर तर्फ फाइनल खेलमा ग्रान्ड स्टार्स र ट्रेनिङ ग्राउन्डबीच रोमाञ्चक भिडन्तमा ट्रेनिङ ग्राउन्डले ६३–५९ को नजिकको अन्तरमा जित दर्ता गर्यो। ग्रान्ड स्टार्सकी रोशनी श्रेष्ठले १८ अंक जोड्दै खेलकी उच्च स्कोरर बनिन् भने सोनि वाइबा तामाङलाई उत्कृष्ट प्रदर्शनका लागि फाइनल्स एमभीपी घोषित गरिएको छ। तेस्रो स्थानको खेलमा साईपाल एकेडेमीले जेभियर इन्टरनेसनललाई ५७–२२ को फराकिलो अन्तरले पराजित गर्दै तेस्रो स्थान हात पारेको छ। खेलमा साईपालका दिवा महर्जन उत्कृष्ट प्रदर्शन गर्दै २४ अंक जोड्दै म्यान अफ द म्याच घोषित भए। त्यस्तै, यु –१६ गिर्ल्स बास्केटबल च्याम्पियन मा भ्याली पप्ब्लिक स्कुल विजेता बन्न सफल भएको छ। प्रतियोगिताको फाइनलमा भ्याली पब्लिक स्कूलले रिब्स लाई पराजित गर्दै उपाधि जित्यो। यस प्रतियोगिताको एमभीपी को रूपमा लोरीसा गौचनले सम्मान प्राप्त गरिन्। तेस्रो खेलमा स्वर्णिम स्कुल र आरआइबिएसबीच प्रतिस्पर्धा भएको थियो, जहाँ आरआइबिएसले सहज जित हात पार्यो। आरआइबिएसले स्वर्णिमलाई २१–५ ले पराजित गर्यो। खेलकी उत्कृष्ट खेलाडी मीरा बोहरा ८ अंक सहित उच्च स्कोरर रहिन्। सिनियरतर्फको विजेताले रु. ४० हजार, दोस्रोले रु. २० हजार र तेस्रो स्थान प्राप्त टोलीले रु. १० हजार पुरस्कार प्राप्त गरेकाछन्। जुनियरतर्फ भने बिजेता खेलाडीलाई मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ। बिजेता टोलीलाई बिशिस्ट व्यक्त्ती एक कार्यक्रम बीच सम्मान गरियो।
