एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक

काठमाडौं, कात्तिक २३ गते ।
काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक गरेको छ । यो मस्कटको नाम सुदूरपश्चिमको स्थानीय भाषामा राखिएको हो । यस्तै मस्कटले बाघको स्वरूप तथा सो क्षेत्रको संस्कृतिलाई प्रतिबिम्बित गरेको छ ।
सुदूरपश्चिमले आइतबार धनगढी क्रिकेट एकेडेमी ९डीसीए० मा आयोजित ट्यालेन्ट हन्टको उद्घाटनका अवसरमा यसलाई अप्रत्याशित रूपमा अनावरण गरेको हो ।
गत सिजनको उपविजेता टोली सुदूरपश्चिम रोयल्स यसपटक भने उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छ । टोलीले यसअघि नै आफ्नो अफिसियल फ्यान एन्थम पनि सार्वजनिक गरिसकेको छ ।
हाल धनगढी क्रिकेट एकेडेमीमा जारी रहेको ट्यालेन्ट हन्ट ९सोमबार० सम्म चल्नेछ ।
सुदूरपश्चिम रोयल्सको टोलीः
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।
मुख्य प्रशिक्षकः जगत टमटा रहेकाछन।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ