नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले ऐक्यबद्धता

काठमाडौँ, कात्तिक २१ गते ।

अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध बिहीबार नेपाल फुटबल खेलाडी संघले आयोजना गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले ऐक्यबद्धता जनाएको छ।

खेलाडी संघले विज्ञप्ति जारी गर्दै ए डिभिजन लिग डेढ वर्षदेखि रोकिँदा खेलाडीहरू बेरोजगार बन्नु परेको भन्दै लिग तत्काल सुरु गर्न माग गरेको हो। उनीहरूले खेल्न पाउनु खेलाडीको अधिकार र खेल आयोजना गर्नु संघको दायित्व भएको बताएका छन्। एनएनआईपाले पनि खेलाडीहरूको मागलाई न्यायोचित ठहर गर्दै एन्फा नेतृत्वले समस्या समाधानका लागि गम्भीर पहल गर्नुपर्ने जनाएको छ। संघले खेलाडीको हकका लागि हुने सबै विरोध कार्यक्रमलाई साथ दिने प्रतिबद्धता जनाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ