

काठमाण्डौ,कात्तिक १९ गते।
ललितपुर — ‘राइज क्यालिस्टेनिक्स ललितपुर’को आयोजनामा हुने राइज नेपाल इन्टरनेसनल क्यालिस्टेनिक्स च्याम्पियनसिप–२०२५ को तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिताबारे जानकारी दिनका लागि आयोजकले बुधबार एक प्रेस मिट सम्पन्न गरेको छ।
कार्यक्रम २०२५ नोभेम्बर ८ तारिख , ललितपुरको कोटडाँडा एग्रो रिसोर्टमा हुने जनाइएको छ। प्रतियोगितामा देश–विदेशका विभिन्न स्थानबाट भारत बाट ७ जना नेपालबाट ४० भन्दा बढी खेलाडीहरू सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिऎयको छ।
आयोजक संस्थाका अनुसार यस च्याम्पियनसिपले नेपालमा क्यालिस्टेनिक्स खेलको स्तरलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको छ। प्रतियोगिताबाट उदाउँदै आएका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर दिलाउने उद्देश्य रहेको जनाइएको छ।
‘राइज क्यालिस्टेनिक्स ललितपुर’ले विगत केही वर्षदेखि युवाहरूमा फिटनेस र शारीरिक सशक्तिकरणको संस्कार फैलाउने कार्य गर्दै आएको छ। आयोजक टोलीका प्रतिनिधिहरूले यस प्रतियोगिता नेपालमा फिटनेस र स्ट्रेन्थ–स्पोर्ट्सको प्रवर्द्धनमा ऐतिहासिक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
