च्यासल फुटबल मैदानको मर्मत सुरु


काठमाडौं, असोज ३१ गते ।
ललितपुरको च्यासलस्थित फुटबल मैदानको मर्मत कार्य सुरु भएको छ । यहि असोज तेश्रो साता परेको भारी वर्षाका कारण मैदानमा क्षति पुगेको थियो ।
क्षति बारे बुझ्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मैदानको स्थलगत निरीक्षण गरेका थिए । सोही क्रममा सदस्य–सचिव घिसिङले तत्काल मर्मत कार्य सुरु गर्न ग्राउन्ड स्टाफलाई निर्देशन दिएका थिए ।
‘पहिले मैदानको खेल हुने भागलाई प्राथमिकता दिएर मर्मत कार्य सुरु गर्नु होला ।’ सदस्य–सचिव घिसिङले भने– ‘त्यसपछि अन्य भागको काम थाल्नुस् ।’
निरीरक्षणका दौरान च्यासल युथ क्लबका अध्यक्ष रमेश ब्यञ्जन्कारले क्षतिको विवरण बारे सदस्य–सचिव घिसिङलाई अवगत गराएका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ