
काठमाडौँ ,असोज २९ गते।
अस्ट्रेलियाका बाँयाहाते ओपनिङ ब्याटर डार्शी शर्ट आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा लुम्बिनी लायन्सको टोलीबाट खेल्ने तयारीमा छन्।
लुम्बिनी लायन्सले आफ्नो सामाजिक सञ्जालमार्फत एक फोटो पोस्ट गर्दै शर्टलाई आफ्नो टिममा समावेश भएको संकेत दिएको छ। पोस्टमा उनले अस्ट्रेलिया, राजस्थान रोयल्स र होबार्ट हुरिकेन्समा खेलेको उल्लेख गरिएको छ भने क्याप्सनमा ‘शर्ट’ भन्ने शब्द प्रयोग गरिएको छ।
डार्शी शर्टलाई पावरप्लेमा खेल पल्टाउने क्षमता भएको मानिन्छ। उनी अस्ट्रेलियाको सिनियर टोलीबाट पनि टी-२०आई अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। यस आधारमा शंका गर्न सकिन्छ कि लुम्बिनीले अस्ट्रेलिया, राजस्थान र होबार्टबाट खेलेका खेलाडी डार्शी शर्टलाई अनुबन्ध गरेको छ। टिमले यसबारे चाँडै आधिकारिक घोषणा गर्ने तयारी गरेको छ।
हालसम्म, सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका क्रिस लिनलाई टिममा अनुबन्ध गरेका छन् भने विराटनगर किङ्सले स्कटल्यान्डका जर्ज मन्सेललाई विदेशी खेलाडीका रूपमा घोषणा गरिसकेको छ।