काठमाडौं,असोज ९ गते ।
नेपालकै बहुप्रतिक्षित दौड प्रतियोगिता काठमाडौं म्याराथन आगामी नोभेम्बर १ (कात्तिक १५) मा हुने भएको छ। आयोजक एनआरएस स्पोर्ट्स फाउण्डेसनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १७औं संस्करणको म्याराथनको औपचारिक घोषणा गरेको हो। यस पटकको म्याराथन “नेपाल फर नेपाली, रिलेसनसिप फरएभर” (नेपालीका लागि नेपाल, सम्बन्ध सधैंभरि) भन्ने नाराका साथ आयोजना हुने भएको छ। फाउण्डेसनका अध्यक्ष तथा म्याराथनका संस्थापक निलेन्द्र राज श्रेष्ठका अनुसार प्रतियोगिताले खेलकुदमार्फत स्वास्थ्य सचेतना, खेल पर्यटनको प्रवर्द्धन र नेपाली धावकलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
१३ विधामा करिब ५ हजार धावक
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुने म्याराथन काठमाडौं, भक्तपुर, ललितपुर र ठिमी परिक्रमा गरेर सम्पन्न हुनेछ। आयोजकले करिब ५ हजार धावकको सहभागिता रहने अनुमान गरेको छ। जसमा करिब २०० विदेशी धावक पनि सामेल हुने अपेक्षा गरिएको छ।
प्रतियोगितामा यस पटक १३ विधा रहनेछन्। ४ वर्ष उमेरदेखि ७० वर्षभन्दा माथिका धावकलाई समेट्ने गरी प्रतियोगिता आयोजना गरिएको छ। आयोजक श्रेष्ठका अनुसार “सबै उमेर समूह र पेशाका व्यक्तिलाई एउटै मञ्चमा ल्याउने काठमाडौं म्याराथनको मुख्य उद्देश्य हो।”
स्वास्थ्य र पर्यटन प्रवर्द्धनमा जोड
काठमाडौं म्याराथनलाई नेपालकै ठूलो म्याराथन मानिन्छ। अध्यक्ष श्रेष्ठले पहिलो संस्करण सन् २००७ मा “एनआरएन काठमाडौं इन्टरनेशनल म्याराथन” नामबाट सुरु भएको स्मरण गर्दै यसलाई अहिलेसम्म निरन्तरता दिइएको बताए। उनका अनुसार पहिलो संस्करणमै महिला र पुरुष विजेतालाई १०-१० हजार अमेरिकी डलरको पुरस्कार वितरण गरिएको थियो।
“म्याराथनमा नगद पुरस्कार महत्त्वपूर्ण हुन्छ, तर यसले ल्याउने स्वास्थ्य सचेतना, पर्यटन र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीलाई प्लेटफर्म प्रदान गर्ने योगदान अझ ठूलो छ,” श्रेष्ठले भने।
मुख्य प्रायोजकमा सिद्धार्थ बैंक
यस संस्करणको मुख्य प्रायोजकको रूपमा सिद्धार्थ बैंक जोडिएको छ। बिहीबारै भएको पत्रकार सम्मेलनमा बैंक र आयोजकबीच सम्झौता सम्पन्न भएको हो।
सिद्धार्थ बैंकका प्रमुख बजार अधिकारी (CMO) सुरेश राज महर्जनले काठमाडौं म्याराथन जस्तो प्रतिष्ठित प्रतियोगितासँग जोडिन पाउनु बैंकका लागि गर्वको कुरा भएको बताए।
त्यस्तै नेपाल पर्यटन बोर्डका निर्देशक सुनिल शर्माले म्याराथनजस्ता प्रतियोगिताले खेलकुद र पर्यटनलाई जोड्ने अवसर प्रदान गर्ने बताए। “विदेशी धावकको सहभागिताले नेपाललाई विश्वभर चिनाउने मौका मिल्छ। यसको प्रचार नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै हुनुपर्छ,” शर्माले भने। उनले नेपाल खेलकुद पर्यटनका लागि पनि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै पर्यटन बोर्ड यसमा सक्रिय भएर सहयोग गर्न तयार रहेको बताए।
निरन्तरतासहितको प्रतिष्ठा
कोभिड–१९ का कारण केही वर्ष अवरोध भए पनि काठमाडौं म्याराथन निरन्तर आयोजना हुँदै आएको आयोजकले जनाएको छ। देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत चासो बढाउँदै आएको यो म्याराथनलाई नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित दौड प्रतियोगिताको रूपमा स्थापित गरिएको छ।
काठमाडौं,असोज ९ गते ।
नेपालकै बहुप्रतिक्षित दौड प्रतियोगिता काठमाडौं म्याराथन आगामी नोभेम्बर १ (कात्तिक १५) मा हुने भएको छ। आयोजक एनआरएस स्पोर्ट्स फाउण्डेसनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १७औं संस्करणको म्याराथनको औपचारिक घोषणा गरेको हो।
यस पटकको म्याराथन “नेपाल फर नेपाली, रिलेसनसिप फरएभर” (नेपालीका लागि नेपाल, सम्बन्ध सधैंभरि) भन्ने नाराका साथ आयोजना हुने भएको छ। फाउण्डेसनका अध्यक्ष तथा म्याराथनका संस्थापक निलेन्द्र राज श्रेष्ठका अनुसार प्रतियोगिताले खेलकुदमार्फत स्वास्थ्य सचेतना, खेल पर्यटनको प्रवर्द्धन र नेपाली धावकलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।