
काठमाडौं, भदौ २७, २०८२ – नेपाल तेक्वान्दो संघले आगामी भदौ ३० र ३१ गतेका लागि तय गरिएको चौथो, पाँचौं र छैठौं डानको ग्रेडिङ परीक्षा हालको परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गर्ने निर्णय गरेको छ। संघले आज एक सूचना जारी गर्दै परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो।
तेक्वान्दो संघको केन्द्रीय सचिवालय अन्तर्गत रहेको ूपरीक्षा व्यवस्थापन तथा प्रमाणिकरण शाखाू बाट प्रकाशित सूचनामा हालको परिस्थितिबाट उत्पन्न भएको असहजतालाई ध्यानमा राखी परीक्षा स्थगित गरिएको उल्लेख गरिएको छ। सूचनामा परीक्षा सम्बन्धित सबैलाई समयमै जानकारी दिनका लागि यो सूचना जारी गरिएको स्पष्ट गरिएको छ।
हालको सामाजिक, वातावरणीय वा अन्य कुनै विषम परिस्थिति परीक्षाको नियमित सञ्चालनमा बाधक बनेको हुनसक्ने अनुमान गरिएको छ, यद्यपि सो कुराको प्रष्ट उल्लेख भने गरिएको छैन। संघले परीक्षा दिन तयारी गरिरहेका प्रशिक्षार्थी, प्रशिक्षक तथा सम्बन्धित निकायहरूलाई संयमता अपनाई संघबाट आउने आगामी सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेको छ।
थप सूचना आउँन साथ जानकारी गराइने
नेपाल तेक्वान्दो संघले परीक्षा पुनः कहिले सञ्चालन गरिने भन्नेबारे कुनै मिति तोकेको छैन। तर, परिस्थितिको मूल्यांकन गरेर उपयुक्त समयमा नयाँ सूचना प्रकाशित गरिने जानकारी दिएको छ।
तेक्वान्दो संघका अनुसार यस किसिमको सूचना आवश्यकताअनुसार जारी गरिनेछ र संघले नियमित सम्पर्क माध्यममार्फत अपडेटहरू सार्वजनिक गर्दै जाने भएकोछ ।
