
ललितपुर क्विन्सले पोखरामा जारी दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिगमा लगातार दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको खेलमा ललितपुरले काठमाडौं स्पाइकर्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । ललितपुरले पहिलो सेट २५-१९, दोस्रो सेट २५-२३, तेस्रो सेट २५-२१ ले जित्यो । ललितपुरले शुक्रबार पहिलो खेलमा मधेश युनाइटेडलाई पनि ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

