एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविसको विजयी सुरुवात

साबिक विजेता कर्णाली यश्विसले दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिगको उद्घाटन खेलमा जित निकालेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको खेलमा कर्णालीले घरेलु टिम पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

कर्णालीले पहिलो सेटमा २५–२१, दोस्रो सेटमा २५–२० र तेस्रो सेटमा २५–१४ को जित निकाल्यो ।

लिगमा कर्णाली यश्विस, पोखरा निन्जाज, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड र लुम्बिनी लाभाज गरी ६ टिम सहभागी छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ