काठमाडौं, भदौ १६ गते ।

एकेएफ यु–२२ कराते च्याम्पियनसिपको २३ औं संस्करणमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली मंगलबार चीनको शाओगाउँ जाने भएको छ ।
सेप्टेम्बर ५ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा ६ पुरुष र ३ महिला गरी ९ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ६७ केजीमुनि प्रदीप बइजाली मगर, कातामा जावेद रेहान, ५५ केजीमुनि साइमन श्रेष्ठ, ६८ केजीमुनि निशान तामाङ, ६१ क्ेजीमुनि सन्दिप तामाङ र ७६ केजीमाथि निगम तिम्सिनाले प्रतिस्पर्धा गर्ने छन् ।
महिला ६१ केजीमुनि मनीषाकुमारी बोहरा, ५० केजीमुनि अन्जली मगर र ५३ केजीमुनि सोनाम शेर्पाले खेल्ने छन् । अफिसियलमा राजेन्द्र बराल र प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । कुशल भने चीन पुगिसकेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ तथा कराते महासंघका महासचिब एवं सितिरियो करातेका अध्यक्ष्य दावा गुरुङ लगाएतले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
