प्रिन्स बसुन्धरा मेमोरियल क्लब च्याम्पियनसिप २०२५ गल्फ प्रतियोगिता सम्पन्न

काठमाडौं – प्रिन्स बसुन्धरा मेमोरियल क्लब को आयोजनामा प्रिन्स बसुन्धरा मेमोरियल क्लब च्याम्पियनसिप २०२५ सम्पन्न शनिवार भएको छ। प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरिएको छ।

प्रतियोगितामा क्लब च्याम्पियन उपाधि प्रकृत तामाङले जिते भने, रनर–अप उपाधि कर्णेल प्रताप बहादुर बोहराले हात पारे। त्यस्तै, ह्यान्डिक्याप विधामा विजेता मिथुन राई घोषित भए भने ह्यान्डिक्याप रनर–अप श्याम तामाङ बने।

विजेताहरूलाई छिन लता गीत पुरस्कार गुठीका अध्यक्ष ज्योति राज्यलक्ष्मी शाह र उपाध्यक्ष प्रज्ञा राज्यलक्ष्मी सिंहले पुरस्कार वितरण गर्नुभयो।

यस प्रतियोगिताले खेलकुद क्षेत्रको विकास र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ