
काठमाडौं, भदौ १५ गते ।
रिब्स र मल्पी इन्टरनेसनल ३१ औं ज्ञान कार्निभलअन्तर्गत गल्र्स बास्केटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
रिब्सले मल्पी सिटीलाई ३०–८ ले सहजै पराजित ग¥यो । रिब्सको जितमा इस्काले १३ अंक योगदान गरिन् । दिब्यान्श्रीको १८ अंक सहयोगमा मल्पी इन्टरनेसनलले आयोजक ज्ञानोदयलाई ३९–१८ को फराकिलो अन्तरले हरायो ।
ब्वाइज बास्केटबलमा रेडियन्ट पब्लिक, टीआईए र बाल दीक्षा सदनले सेमिफाइनलमा स्थान सुरक्षित गरे । रेडियन्ट पब्लिकले मल्पी सिटीलाई ७२–६१ ले पाखा लगायो । रेडियन्टका सुशानले ३५ स्कोर गरे ।
टीआईएले हिमालय ४७–२२ ले पन्छायो । टीआईका वर्दान थापाले १७ अंक बटुले । बाल दीक्षा सदनले ज्ञानोदयमाथि ५३–४८ को जित दर्ता ग¥यो । विजेताका सजेलले ३६ अंक जोडे ।
ब्वाइज फुटबलमा लिटिल एन्जल्सले द एक्सेल्सियर स्कुललाई २–० गोलले पराजित ग¥यो । लिटिल एन्जल्सका सौगात मगर र प्रवीण गौतमले समान १–१ गोल गरे ।
खोकनास्थित आयोजक ज्ञानोदय बाल वाटिकाको आयोजनामा भइरहेको कार्निभलअन्तर्गत गल्र्सको मैत्रीपूर्ण नेटबल खेलमा भानुभक्तले ज्ञानोदयलाई ३२–१९ ले हरायो ।
