ज्ञानोदय क्वाटरफाइनलमा

काठमाडौं, भदौ १४ गते ।
आयोजक ज्ञानोदय ३१ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज बास्केटबलमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको   छ ।
खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले जेम्सलाई ४९–१७ ले सहजै पराजित ग¥यो । ज्ञानोदयका सोनी पुरीले १८ १८ अंक जोडे ।
सोही स्पर्धामा टीआईएले ओएसिस्लाई ५९–३७, मल्पी सिटीले लिटिल एन्जल्स (एलए) लाई ५४–२३, हिमालयले मल्पी इन्टरनेसनललाई ६६–३७, पुष्पसदनले आईडियल मोडेललाई ४८–४६ र बाल दीक्षा सदनले रातो बंगलालाई ३४–१६ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
ब्वाइज फुटबलमा बृहस्पतिले द एक्सेल्सियर स्कुललाई ५–१ को फराकिलो गोलअन्तरले पराजित ग¥यो । बृहस्पतिका तेलाजियोन गुरुङले २ तथा सौरिस श्रेष्ठ र आरभजंग कार्की समान १–१ गोल गरे । एक गोल आत्माघाती थियो । एक्सेल्सियरका आयान महर्जनले सान्त्वाना गोल गरे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ