ब्राजिलले दुई खेलाडी बिनै विश्वकप छनोट खेल्ने

काठमाडौं, भदौ ११ गते ।

फरवार्डद्वय नेइमार जुनियर र भिनिसियस जुनियरलाई बाहिर राख्दै फिफा विश्वकप छनोटका लागी ब्राजिलको राष्ट्रिय टोली घोषणा गरिएको छ । मंगलबार राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कार्लाे एन्सेलोट्टीले यी दुई फरवार्डलाई बाहिर राख्दै अन्तिम–२३ सदस्यीय टोली सार्वजनिक गरेका छन् ।

“नेइमारको परीक्षा लिन आवश्यक नरहेको नेइमारको क्षमता विश्वलाई थाहा छ र फिफा विश्वकपमा ब्राजिललाई सफलता दिलाउन नेइमार स्वस्थ्य हुनुपर्छ,” प्रशिक्षक एन्सेलोट्टीले सञ्चारकर्मीसँग भने ।

नेइमारसँगै फरवार्ड भिनिसियस प्रतिबन्धका कारण टोलीको प्रशिक्षणमा अनुपस्थित हुने जनाइएको छ ।

भिनिसियसलाई विश्वकप छनोटअन्तर्गत सेम्टेम्बर ५ मा हुने चिल्लीसँगको खेलमा प्रतिबन्ध लगाइएको छ । भिनिसियस सेप्टेम्बर ९ मा बोलिभियाविरुद्धको खेलमा उपलब्ध रहने भए पनि प्रशिक्षक एन्सेलोट्टीले उनलाई टोलीबाट बाहिर राखेका हुन् ।

विश्वकप छनोट खेल्ने ब्राजिलको टिम –
गोलकिपर : एलिसन बेकर, बेन्टो र ह्युगो सुजा
रक्षक : एलेसान्ड्रो रिबेरियो, एलेक्स सान्ड्रो, कायो हेनरिक, डोग्लास सान्तोष, फाब्रिको ब्रुनो, गाब्रियल मेघालेज, मार्किन्होज, भान्डरसन र वेस्ली
मिडफिल्डर : आन्द्रे सान्तोष, ब्रुनो गुइमारेस, कासेमेरो, जोइलिन्टन, लुकास पाक्वेटा
फरवार्ड : स्टेभाओ, ज्ञाब्रियल मार्टिनेली, जाओ पेड्रो, काइओ जर्ज, लुइस हेनरिके, म्याथ्यु कुन्हा, राफिन्हा र रिचार्लिसन रहेकाछन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ