विराट कोहली चम्किएपछि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले इन्डियन प्रिमियर लिगमा पहिलो जित निकालेको छ । सोमबार राति भएको आफ्नो दोस्रो खेलमा आरसीबीले पञ्जाब किंग्सलाई चार विकेटले पराजित गरेको हो ।
पञ्जाबले दिएको १७७ रनको विजयी लक्ष्य आरसीबीले कोहलीको ७७ रनको मद्दतमा १९. २ ओभरमा ६ विकेटमा भेटायो ।आरसीबीका दिनेश कार्तिकले नटआउट २८, रजत पटिदार १८, महिपाल लोमरोरले नटआउट १७ रन बनाउँदा अनुज रावत ११ रनमा आउट भए । पञ्जाबका कागिसो राबाडा र हरप्रित ब्रारले २/२ तथा साम करन र हर्षल पटेलले एक/एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ६ विकेट गुमाएर पूरै २० ओभर खेल्दै १७६ रन बनाएको थियो । शिखर धवनले ४५, जितेश शर्माले २७, प्रभसिमरन सिंहले २५ र साम करनले २३, शशांक सिंहले नटआउट २१ रन बनाए ।आरसीबीका मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले २/२ विकेट लिए ।
पहिलो खेलमा भने आरसीबी चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो भने पञ्जाबले दिल्लीलाई पराजित गरेको थियो ।
