
काठमाडौं,भदौ ५ गते ।

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणको एनपीएल मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना गरिने जानकारी गराएका हुन्। क्यानका अनुसार दोस्रो संस्करणको एनपीएल काठमाडौंको त्रिवि क्रिकेट मैदानमानै आयोजना हुने भएको छ। पहिलो संस्करणको एनपीएल २०८१ मंसिर १५ देखि पौष ६ गतेसम्म आयोजना भएको थियो। पहिलो संस्करणको एनपीएल को उपाधी जनकपुर बोल्ट्सले जितेको थियो।
प्रतियोगिताको खेल तालिका भने केही समयपछि सार्वजनिक गरिने क्यानले जनाएको छ।

एनपीएलको दोस्रो संस्करणका लागि साउन २४ गते मिनी अक्सन भएको थियो। त्यस अघि एनपीएलका ८ वटै टिमले खेलाडी रिटेन र रिलिज गरेका थिए।