बौद्ध अन्तर्राष्ट्रिय विद्यालय आठौं (बिआइएस) अन्तर्गत आयोजक बौद्ध अन्तिम आठमा

काठमाडौं,बौद्ध अन्तर्राष्ट्रिय विद्यालय (बिआइएस) को आयोजनामा भइरहेको आठौं बिआइएस अन्तर-विद्यालय बास्केटबल प्रतियोगितामा आयोजक टोली अन्तिम आठमा पुगेको छ।

ब्वाइजअन्तर्गत प्रि-क्वार्टरफाइनलमा आयोजक बौद्धले चेल्सी वर्ल्ड स्कुललाई ४७-२३ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गर्‍यो।

यस्तै मातृभूमीले पनि अन्तिम आठमा स्थान बनायो छ । मातृभूमीले चाँदबागलाई ६९-२७ अंकले पराजित गरेको हो।

ब्वाइजमै प्रिमियरले मेरिडियनलाई ५४-१५ ले हराएर प्रि-क्वार्टरफाइनलमा स्थान बनायो भने अक्षरिकाले एकता जेम्सलाई ४९-३३ हरायो ।

गर्ल्समा समूहको खेल तर्फ ड्राफोडिलले बौद्धलाई २७-१० ले हरायो । यो सिजनमा २५ विद्यालयले प्रतियोगितामा भाग लिएका छन्। १९ दिन चल्ने प्रतियोगिता २१ ब्वाइज टिम र १६ गर्ल्स टिमले भाग लिएका छन्।

गत वर्षको विल्सन एकेडेमी (ब्वाइज) र एनसीसीएस (गर्ल्स) ले उपाधि जितेका थिए।

यो वर्ष विजेता र उपविजेता टिमसहित सर्वोत्कृष्ट खेलाडी (एमभीपी), सर्वाधिक स्कोरकर्ता र फेयर प्ले टिमलाई पुरस्कृत गरिनेछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ