
काठमाडौं, भदौ ३ गते ।
भारतले आगामी सेप्टेम्बरमा हुने एसिया कप टी–२० का लागि सुर्य कुमार यादवको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। शुभमन गिल भने टोलीको उपकप्तान बनेका छन्। एसिया कप आउँदो ९ सेप्टेम्बरबाट सुरु हुनेछ।
टिममा अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, जितेश शर्मा, जसप्रित बुम्राह, वरुण चक्रवर्ती, अर्शदीप सिंह, कुलदीप यादव, सञ्जु सामसन, हर्षित राणा र रिंकु सिंह समेत परेका छन्।
यशस्वी जैसवाल र श्रेयस अय्यर भने यसपटक पनि टोलीमा परेनन्। जैसवाललाई स्ट्यान्डबाइ सूचीमा राखिएको छ। स्ट्यान्डबाइमा उनीसँगै प्रसिद्ध कृष्णा, वाशिंगटन सुन्दर, रियान पराग र ध्रुव जुरेल पनि रहेका छन्।
मुख्य चयनकर्ता अजीत अगरकरले निर्णय कठिन भए पनि आवश्यक भएको बताए। उनले जैसवालबारे भने, ‘यो दुर्भाग्यपूर्ण हो। तर अभिषेक शर्माले गत वर्षदेखि राम्रो प्रदर्शन गर्दै आएका छन्, साथै उनले बलिङ विकल्प पनि दिन सक्छन् त्यसैले अय्यरबारे अगरकरले भनेका छन्, ‘उनको कुनै गल्ती छैन तर अहिलेको टोलीमा उनलाई राख्ने ठाउँ छैन उनले भने साथै उनलाई पर्खनु पर्ने हुन्छ।