
काठमाडौं, साउन ३० गते ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र मधेश युनाइटेडकी ब्रान्ड एम्बेसडर कलाकार नीति शाहले संयुक्त रूपमा ट्रफी अनावरण गर्नु भयको हो।
मेयर सिंहले मधेश युनाइटेडले इडब्लुभिएलको दोस्रो संस्करणमा प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गर्नुभयको हो। उहाले टोलीकी मार्की प्लेयर निरुता ठगुन्नालाई जर्सी समेत हस्तान्तरण गर्नु भयो।

मेयर सिंहले भलिबलको विकास र महिला सशक्तीकरणमा यो लिगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । उहाले भन्नुभयो खेल केवल मनोरञ्जन मात्र होइन, यसले पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउँछ समेत भन्नु्भयो । वीरगंज महानगर भलिबलको प्रवद्धनमा पूर्ण प्रतिबद्ध रहेको भन्नु्भयो ।
मधेश् को विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यले भलिबल खेलको सामाजिक, मानसिक र शारीरिक लाभबारे चर्चा गर्नुहुदै यसलाई निरन्तरता दिनुपर्ने र मधेशको गतिविधि अझ विस्तार गर्नुपर्ने सुझाव समेत दिनुभयो । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले यस्ता प्रतियोगिताले युवालाई सकारात्मक बाटो देखाउने र शहरको प्रतिष्ठा बढाउने बताउनुभयो। मधेश युनाइटेडका सञ्चालक विशाल अग्रवालले संस्थाको स्थापना र उद्देश्यबारे प्रकाश पार्नु भयो ।
मधेश युनाईटेडकी सञ्चालन प्रमुख खुशी शिवाकोटीले टिमको विगत, सिकाइ र आगामी योजनाबारे प्रस्तुति दिँदै भन्नुभयो ‘हामी सुधार र प्रतिबद्धतासहित मैदानमा फर्किंदैछौं यसपटक टिमले नेदरल्याण्डका तीनजना अन्तर्राष्ट्रिय खेलाडी अनुबन्धन गरेको जानकारी समेत दिनुभयो ।
ब्रान्ड एम्बेसडर नीति शाहले टिमसँग आबद्ध हुन पाउँदा गर्व र उत्साह लागेको बताउँदै ‘यो टिम खेलकुद, महिला सशक्तीकरण र पहिचानको उत्कृष्ट उदाहरण रहेको बतऔनु भयो।
मार्की प्लेयर निरुताले नयाँ जोश र आत्मविश्वासका साथ यसपटकको ट्रफी मधेशमै ल्याउने संकल्प व्यक्त गर्दै भनिन्, ‘विगतको अनुभव र पहिलेका कमीकमजोरीलाई सुधार गर्दै यसपटक उत्कृष्ट प्रदर्शन गर्नेछौं र ट्रफी उचाल्नेछौं ।
मधेश युनाइटेडकी सञ्चालक शर्मिला थापाका अनुसार भलिबल राष्ट्रिय खेल मात्रै नभएर एकताको सुत्रमा बाँध्ने माध्यम हो सुदुरपश्चिमको दार्चुलामा जन्मिएकी निरुतालाई मधेशको मार्की प्लेयर बनाउनु पनि आफैमा फरक भूगोल र फरक क्षेत्रको संस्कार र संस्कृतिको मिलन भएको उनको बुझाई छ । सञ्चालक अनोज रुंगटाले धन्यवाद ज्ञापन गर्दै मधेश युनाईटेडलाई साथ, सहयोग र सर्मथन गर्न आग्रह गर्नु भयो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाली सेना श्रीजंग गणका प्रमुख सेनानी लोकेन्द्र कार्की, अनुसन्धान विभागका उपनिर्देशक सन्तोष ढुंगेल, आन्तरिक राजस्व कार्यालयका प्रमुख टिकाराज चौलागाईं, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
६ टोलीको सहभागितामा इडब्लुभिएल भदौ २० देखि २८ गतेसम्म सन्चालन हुनेछ।
यसैबीच, आज बिहान नेपाल–भारत सीमा क्षेत्रमा अवस्थित नेपालको प्रमुख प्रवेश द्वार वीरगंजको शंकराचार्य गेटमा पत्रकार सम्मेलन मार्फत इडब्लुभिएलको ट्रफी अनावरण गरिएको हो। मधेश युनाइटेडका सञ्चालक सञ्जय अग्रवाल ले मधेश युनाइटेड एभरेस्ट महिला भलिबल लिगको फ्रेन्चाइज टिम भएको उल्लेख गर्दै भन्नु भयो ‘यो टिम केवल खेलका लागि मात्र होइन, मधेशको पहिचान बढाउने, महिला खेलाडीलाई प्रोत्साहन दिने र राष्ट्रियस्तरमा मधेशको प्रतिनिधित्व गर्ने उद्देश्यका साथ स्थापना भएको बताऊनु भयो।
साथै कार्यक्रममा टोलीकी मार्की खेलाडी निरुता ठगुन्ना,मधेश युनाइटेडकी ब्रान्ड एम्बेसडर नीति शाह पनि उपस्थिति थिइन् । सो अवसरमा सञ्चालकहरु विशाल अग्रवाल, रोहित अग्रवाल, दिपेश अग्रवाल र अनोज़ रुंगटा लगायतको उपस्थिति रहेको थियो।