
काठमाडौं को गोकर्णेश्वरस्थित बौद्ध अन्तर्राष्ट्रिय विद्यालय (बिआइएस) को कभर्ड हलमा शुक्रबार देखि बिआइएस अन्तर-विद्यालय बास्केटबल प्रतियोगिताको आठौं संस्करण सुरू भएको छ।
नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिं गुरुङ बौद्ध स्कुल बास्केटबल प्रवर्द्धनको प्रमुख स्कुलका प्रिन्सिपल हरि लामा ले प्रतियोगिताको उदघाटन एक कार्यक्रमबीच गर्नुभयको छ। सन् २०१६ मा पहिलो संस्करण भएदेखि नै यो प्रतियोगिता काठमाडौंमा स्कुल बास्केटबल प्रवर्द्धनको प्रमुख मञ्च बनेको स्कुलका प्रिन्सिपल हरि लामाले बताउनुभयो।
यो वर्ष २५ विद्यालयहरुले प्रतियोगितामा भाग लिएका छन्। १९ दिन चल्ने प्रतियोगिता २१ ब्वाइज टिम र १६ गर्ल्स टिमले भाग लिएका छन्।
गत वर्षको विल्सन एकेडेमी (ब्वाइज) र एनसीसीएस (गर्ल्स) ले उपाधि जितेका थिए।
यो वर्ष विजेता र उपविजेता टिमसहित सर्वोत्कृष्ट खेलाडी (एमभीपी), सर्वाधिक स्कोरकर्ता र फेयर प्ले टिमलाई पुरस्कृत गरिनेछ। शुक्रबार, गर्ल्समा लर्ड्स लाइटलाई आयोजक बौद्धले ३७-१७, दिक्षालयले टेरेसालाई ३३-१६ ले हराएका छन्।


ब्वाइज तर्फ बौद्धले निस्टलाई ३३-२८, अक्षरिकाले बाल संसारलाई ५३-२५ ले पराजित गरेका छन्।

