काठमाडौं, साउन २२ गते ।

फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल प्राप्त गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको छ । नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७ औं स्थानमा पुगेको छ ।
यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरियता रहेको हो । साथै यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको रेकर्ड रहेको थियो । जुन् रेकर्डलाई पनि उछिनेर नयाँ ऐतिहासिक सफलता हासिल गरेको छ । यसअघि १००औं वरियतामा रहेको नेपाल यसअघिको अंकबाट ४६.४९ अंक बढेर नयाँ वरियतामा ८७औं स्थानमा पुगेको हो। एसियाली राष्ट्रहरुमध्ये नेपाल १६औं स्थानमा रहेको छ । नेपालले महिला एसियन कप छनोटमा श्रीलंका र लाओसलाई हराउँदा उज्बेकिस्तानसँग बराबरी खेलेको थियो । यस प्रतियोगितापछि नेपालको वरियतामा ठुलो सुधार परिणाम आएको हो ।
फिफा वरियताको शीर्ष स्थानमा स्पेन उक्लिएको छ भने अमेरिकी टोली भने दोस्रो स्थानमा झरेको छ ।
फिफा पुरूष तर्फको वरियतामा भने नेपाल १७५औं स्थानमा रहेको छ ।