
नेपाल एडभेन्चर रनिङ फेडरेसनका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा आयोजना गर्न प्रस्ताव गरेका छन् ।
कुँवरले अगष्ट २ तारिखमा इटालीमा भएको अन्तर्राष्ट्रिय स्काइ रनिङ महासंघ (आईएसएफ) को वार्षिक साधारण सभामा २०२६ मा हुने विश्व स्काइ रनिङ आयोजना गर्ने नेपाललाई जिम्मेवारी प्रदान गर्न प्रस्ताव गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्व सदस्य समेत रहेका कुँवरका अनुसार आईएसएफको अर्को बैठकले यस बारे निर्णय गर्नेछ ।
‘हामीले विश्व स्काइ रनिङ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी नेपाललाई दिन प्रस्ताव गरेका छौं । उहाँहरु हाम्रो प्रस्तावमा सकरात्मक हुनु हुन्छ ।’ कुँवरले भने– ‘आईएसएफको अर्को बैठकले यस बारे निर्णय गर्छ । नेपालमा हामीले गरेको गतिविधि, हाम्रो सक्रिएता र अन्तर्राष्ट्रिय सहभागितालाई मध्यनजर गरी आईएसएफले हामीलाई जिम्मेवारी दिनेमा म पूर्ण विश्वस्त छु ।’

कुँवरद्वारा विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव
विश्व केन्पो काइ च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली मंगलबार जापान प्रस्थान गर्ने भएको छ ।
अगष्ट ६ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बामदेव सुवेदी, मेणुका अधिकारी र जुना लामिछानेले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा नराजबहादुर खड्का छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
