काठमाडौं, साउन १८ गते ।

एथलेटिक्स परिवार, नेपालको चौथो वार्षिक साधारण सभा एबं चौथो बार्षिकोत्सव समारोह कार्यक्रम श्रावण १८ गते आईतवार काठमाण्डौंमा सम्पन्न भएको छ । किर्तिमानी धावक बैकुन्ठ मानन्धरको प्रमुख आतित्यथा र सल्लाहाकार मोहन नेपालको सभापतित्वमा संचालन भएको उक्त समारोहमा अध्यक्ष राजन खत्रीले आ.व.२०८२÷८३ को बार्षिक कार्यक्रम र बजेट, महासचिब मन्जु श्रेष्ठको तर्पmबाट बाबुराजा श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रेम महतले आय÷व्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।
सोही समारोहमा एथलेटिक्स खेलका लामो दूरीका धावक÷धाविकाद्धय त्रिभुवन आर्मी क्लबका खड्कबहादुर खड्का र पुर्णलक्ष्मी न्यौपाने, एथलेटिक्स प्रशिक्षकद्धय सिताराम चौधरी र देबीबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।
एथलेटिक्स परिवार, नेपालले आ.व.२०८१÷८२ मा नेपालका विभिन्न १४ वटा खेलकुद कार्यक्रम सञ्चालनमा प्राविधिक सहयोगीको रुपमा सहभागी भएको र आ.व.२०८२÷८३ मा चौथो राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट कार्तिक २७ देखि २९ गते सम्म काठमाडौंमा, नेपाल रन ५ कि.मि.च्यालेन्ज नेपालका विभिन्न ५ स्थानमा असोज महिनाबाट र राष्ट्रिय मिक्स रिले रन पुसा महिनामा काठमाडौंमा संचालन गर्ने गरि वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
यसको अलावा नेपालमा विभिन्न स्थानहरुमा आयोजना हुने करिब १० वटा एथलेटिक्सका विभिन्न स्तरका प्रतियोगिताहरुमा प्राविधिक सहयोग गर्ने भएको अध्यक्ष राजन खत्रीले जनाएका छन् ।
टोखा र तारकेश्वर शाखाको ब्ल्याक बेल्ट ग्रेडिङ
नेपाल गोर्खा खुकुरी मार्सल आटर््स संघको टोखा र तारकेश्वर शाखाले २७ जना खेलाडीको सफलतापूर्वक ब्ल्याक बेल्ट ग्रेडिङ सम्पन्न गरेको छ ।
चौथो नेसनल ब्ल्याक वेल्ट ग्रेडिङ कार्यक्रम १० दिनसम्म टोखा–०८, जल्पा चोक, काठमाडौंमा आयोजना भएको थियो ।
ग्रेडिङ संघका प्रमुख प्रशिक्षक रणबहादुर बोगटी र सहायक प्रशिक्षकले सञ्चालन गरेका थिए । ग्रेडिङका क्रममा खेलाडीहरूलाई आत्मरक्षा, अनुशासन र मार्सल आटर््सका विविध पक्ष बारे जानकारी गराइएको थियो ।
समापन कार्यक्रममा संघका प्रमुख प्रशिक्षक बोगटीलगायतको उपस्थितिमा खेलाडीलाई प्रमाणपत्र र ब्ल्याक वेल्ट वितरण गरिएको थियो ।
सिनियर वेल्टमा निराजन बोहरा पहिलो भए । ब्ल्यकवेल्ट ग्रेडिङमा विवेक रोकाया पहिलो, पुस्कर रोकाया दोश्रो र रविना लामा तेश्रो भए । सफलता राना मगर र आयुशा बुढाथोकी उत्कृष्ट खेलाडी घोषित भए भने सुरज थापा मगर उत्कृष्ट प्रशिक्षक चुनिए ।
