प्रधानमन्त्रीद्वारा ‘फिफा फुटबल फर स्कुल्स’ अभियान शुभारम्भसगै खेलाडीलाई आश्वासन

काठमाडौं, साउन १५ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फुटबल फर स्कुल्स’ अभियानको शुभारम्भ गर्नुभएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘फिफा’ को सहयोगमा एक हजार वटाभन्दा धेरै विद्यालयलाई निःशुल्क रूपमा फुटबल वितरण गरिने अभियानको शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा उहाँले देशको समग्र खेल क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रङ्गशाला निर्माणको घोषणा समेत गर्नुभयो ।

एन्फाले यो कार्यक्रमले फुटबललाई विद्यालय तहमा लैजान ठूलो भूमिका खेल्ने समेत भन्न भ्याएकाहुन । फिफाले यस कार्यक्रम अन्तर्गत एन्फासँगको सहकार्यमा ७७ वटै जिल्लाका एक हजार ७२ विद्यालयमा ३२ हजार ६ सय ४० वटा बल उपलब्ध गराउनेछ ।

साथै कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोभन्दा राम्रा खेलाडी उत्पादन गर्ने भन्न समेत भ्याएका छन् । एन्फाले यो परियोजना सञ्चालन गर्न फिफाबाट ५० हजार डलर पाइसकेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ