आर्मी क्लबले एन्फा यू–१६ युथ लिगमा सातदोबाटो युथ क्लबविरुद्ध सहज जित

काठमाडौं, साउन ९ गते ।

त्रिभुवन आर्मी क्लबले एन्फा यू–१६ युथ लिगमा सातदोबाटो युथ क्लबविरुद्ध सहज जित निकालेको छ । शुक्रबार आर्मीले सातदोबाटो स्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा ३–१ को सहज जित दर्ता गरेको हो ।

आर्मीको जितमा टोलीका नीरज अधिकारी, युगल भण्डारी र सोहित वाइबाले समान एक एक गोल गरे । सातदोबाटोका मुस्कोन राईले एक गोल गरे पनि टोलीको हार भने टार्न सकेनन् ।
खेलको नवौँ मिनेटमा मुस्कोनको गोलमा सातदोबाटो ले अग्रता लियेको थियो। तर, टोलीले मुस्कोनले दिलाएको अग्रता पहिलो हाफमा नै गुमायो हो।

साथै २३औँ मिनेटमा आर्मीका नीरजले टोलीको निम्ति बराबरी गोल फर्काए । ३८औँ मिनेटमा आर्मीका युगालले गोल गर्दै टोलीलाई २–१ को अग्रतामा दिलाए । ५२औँ मिनेटमा आर्मीका सोहितले अग्रतामा एक गोल थपे ।

जितसँगै आर्मीले लिगमा ६ अंक बनाएको छ । आर्मीले आठ खेल खेल्दा दुई जित र ६ हारबाट ६ अंक बनाएको हो । अब नवौँ खेलमा मछिन्द्र क्लबको सामना गर्नेछ । खेल आउँदो सोमबार (साउन १२ गते बिहान १० बजे हुने भएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ