नेपाल प्रिमियर लिग (एनपीएल) चितवन राइनोजको नयाँ लोगो सार्वजनिक

काठमाडौं सौन ७ गते।
नेपाल प्रिमियर लिग (एनपीएल) टिम चितवन राइनोजले एनपीएलको दोस्रो सिजनका लागि आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।

गत सिजनको लोगोमा ‘चितवन’ शब्दलाई मुख्य रूपमा प्रस्तुत गरिएको थियो भने, यसपटक ‘राइनोज’ अर्थात् गैंडालाई अगाडि राखिएको छ। त्यस्तै लोगोमा देखाइएको ब्याटको चिह्‍न यसपटक भने देखिएको छैन । टिमले यसलाई आफ्नो मर्म र फ्यानको भावना झल्काउने प्रतीकका रूपमा व्याख्या गरेको छ। अध्यक्ष आयुष न्यौपानेका अनुसार नयाँ लोगो फ्यानहरूको चाहना र टिमको पहिचानलाई अझ प्रष्ट पार्ने प्रयास हो।

गत सिजन लोकप्रिय भएको मस्कट ‘मिस्टर गैंडा’ ले पनि यो परिवर्तनमा प्रेरणा दिएको उनले बताए। ‘भावना उही हो, तर यसको प्रस्तुति अझ स्पष्ट भएको छ’ न्यौपानेको भनाई। चितवनले दोस्रो सिजनका लागि अघिल्लो सिजनका मार्की तथा कप्तान कुशल मल्ल सहित ६ खेलाडी रिटेन गरिसकेको छ । एनपीएलको मिनी अक्सन पनि अगस्टमा हुने तयारी रहेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ