अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेट पराजित गर्यो

जोश इङ्लिस र क्यामरन ग्रीनले अविजित रहेर विस्फोटक अर्धशतक बनाएपछि अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलामा लगातार दोस्रो जित हासिल गरेको छ ।

अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्यो । वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य अस्ट्रेलियाले १५.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । इंग्लिसले ३३ बलमा ७ चौका र ५ चौका मद्दतले अविजित ७८ रन बनाए । ग्रीनले ३२ बलमा ५६ रन बनाए । वेस्ट इन्डिजका लागि जेसन होल्डर र अल्जारी जोसेफले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो । ‌ओपनर ब्रान्डन किङले अर्धशतक बनाए । उनले ३६ बलमा ५१ रन बनाए । त्यस्तै करियरको अन्तिम खेलमा आन्द्रे रसेलले १५ बलमा ३६ रनको योगदान दिए । अस्ट्रेलियाका एडम जाम्पाले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । ग्लेन म्याक्सवेल र नेथन एलिसले २ तथा बेन डारशुइसले १ विकेट लिए ।

पहिलो खेलमा ३ विकेटको जित निकालेको अस्ट्रेलियाले यो जितसँगै ५ खेलको शृंखलामा २-० को अग्रता बनाएको छ ।

यो खेलपछि वेस्ट इन्डिजका पावर हिटर आन्द्रे रसेलले टी-२०आई क्रिकेटबाट सन्यास पनि लिएका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ