समूह चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ४–०गोलले पराजित भएको नेपाली टोली स्वदेश फिर्ता

अन्डर २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) की केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गरेकोहो ।

बङ्गलादेशमा भएको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाली टोली उपविजेता बनेको थियो । हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपाललाई ४–० गोलले हराउँदै घरेलु टोली बङ्गलादेश पाँचौं पटक विजेता बनेको हो । नेपाल तेस्रो पटक उपविजेतामा सीमित बनेकोहो ।

डबल राउन्ड रोबिनमा आधारित चार वटा देश सहभागी प्रतियोगितामा नेपालले श्रीलङ्का र भूटानलाई २÷२ पटक हराएको थियो । बङ्गलादेशसँगको पहिलो खेलमा पनि नेपाल ३–२ गोलले पराजित भएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ