नेपाल भारोत्तोलन संघ मधेस प्रदेशको अधिवेशन सम्पन्न

नेपाल भारोत्तोलन संघ मधेस प्रदेशको शनिवार सम्पन्न अधिवेशनबाट डा. निरजकुमार चौधरीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरिएको छ।
बर्दिवासस्थित होटल गौतममा राखिएको निर्वाचनमा निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा पुण्टिलाल यादव,सचिवमा विनोद गुप्ता,कोषाध्यक्षमा शिवनारायण चौधरी र सदस्यहरुमा शत्रुघन यादव,सरोज यादव,दिपक ठाकुर,हेमशंकर चौधरी,शान्ति चौधरी रहेका छन् ।

उक्त अवसरमा मधेश प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य प्रभुनारायण शिवाकोटी, नेपाल भारत्तोलन संघका प्रतिनिधि विजेन्द्र विक्रम शाह,केन्द्रिय सदस्य अनिल मिश्रा, सप्तरी खेलकुद विकास समितिका प्रमुख दिनेश भुजेल लगायतको उपस्थिति थियो।
यसैबीच सोहि दिन सम्पन्न निर्वाचित कार्यसमितिको पहिलो बोर्ड बैठकले उपाध्यक्षमा वेदबहादुर राइ र सदस्यमा नितिन शाहलाई मनोनित गरेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ