कोसिश अस्ट्रेलिया प्रस्थान

पालमा भएको आठौं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी कोसिशबहादुर खड्का केपीएनपी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बिहीबार अस्ट्रेलियाको मेल्बर्न प्रस्थान गरेका छन् ।


जुलाइ २० तारिखमा हुने प्रतियोगितामा उनले ग्योरोगीमा निर्णायक रहने छन् । उनलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

कोसिशले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ