नेपाल स्ट्रिट प्रिमियर लिग आगामी असोजमा हुने

डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा नेपालकै सबैभन्दा ठूलो टी-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आगामी असोजमा हुने भएको छ ।काठमाडौंको तल्लो मुलपानी मैदानमा हुने उक्त प्रतियोगिता आगामी असोज १५ देखि २४ गतेसम्म संचालन गरिनेछ।

यसैबीच प्रतियोगिताको ब्रान्ड एमबासडरको रूपमा चर्चित नायक निखिल उप्रेतीलाई राखिएको छ। प्रतियोगिताको ब्रान्ड एमबासडर बन्न पाउँदा खुसी लागेको कलाकार उप्रेतीले बताए ।

प्रतियोगितामा ७ वटा टिम सहभागी हुनेछन् भने कुल २२ खेल खेलिनेछ। सिंगल राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा सबै टिमले एक–आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष ४ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन टिम खरिद गर्नुपर्ने छ भने खेलाडीको अक्सन प्रक्रिया पनि हुनेछ।विजेता टिमले २१ लाख रुपैयाँ तथा उपविजेता टिमले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

आयोजकका अनुसार ग्रासरुट क्रिकेटलाई प्रवर्द्धन गर्दै समावेशी र दिगो संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ भने ‘स्ट्रीटदेखि स्टेडियमसम्म’ भन्ने नाराका साथ एनएसपीएलले देशभरका उदीयमान क्रिकेटरहरूलाई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन प्लेटफर्म दिने उद्देश्य रहेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ