नेपालकी अञ्जली चन्द र सबिना चौधरीले बिओबी भुटानी महिला राष्ट्रिय फुटबल लिग २०२५ खेल्ने भएका छन् । दुवैजना खेलाडी नै थिम्पु सिटि एफसीमा आवद्द भएका छन् ।

नेपालका पुर्व यु -२० अन्तर्राष्ट्रिय खेलाडीहरु अञ्जली र सबिना नबिन चित्रकारको पहलमा भुटानमा खेल्ने भएका हुन्। भुटानको शीर्ष क्लबमध्यको एक थिम्पु सिटि लिगमा अहिले चौथो स्थानमा रहेको छ।
