एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा नेपालको एपीएफ क्लबले साउदी अरेबियाको अल नासरेसँग खेल्ने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक चरणमा ड्र अनुसार नेपाल समूह बी मा परेको छ । यो समूहमा एपीएफ र अल नासेरसँगै उज्वेकिस्तानको पीएफसी नासाफ र थाइल्याण्डको कलेज अफ एसियन स्कोरलार्स छन् ।
नेपालको लिग च्याम्पियन एपीएफले लगातार दोस्रो पटक एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्न लागेको हो ।
प्रारम्भिक चरणमा १९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । चार समूहमा चार-चार र एक समूहएमा तीन टिम छन् ।
