
काठमाडौं। एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।आइतबार उज्वेकिस्तानको पख्तखोर स्टेडियममा भएको खेलमा लाओसलाई ९–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।
नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’एक्लैले पाँचगोल गरिन् । खेलको ८८ औँमिनेटमा साम्बाले लाओसाको पोष्टमा नेपालका लागि नवौं गोल गरेकी थिइन् ।
नेपालका लागि साम्बाले पाँच गोल सहित अनिता बस्नेत, रश्मिकुमारी घिसिङ, अनिता केसीर सरु लिम्बूले एक एकगोल गरे ।
जितसँगै समूह ‘एफ’मा रहेको नेपालले महत्वपूर्ण तीन अंक जोडेको छ ।साथै सावित्राले पहिले पटक नेपाली टिमको कप्तानी सम्हालेकी छिन् ।