चर्चित क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए राजीनामा


नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवा बाट राजीनामा दिएका छन् ।

उपकप्तान दीपेन्द्र सिंह ऐरीले राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पुष्टि गरे । उनी प्रहरी सहायक हवल्दारको रुपमा कार्यरत थिए ।
उनले केही महिनाअघि बुझाएको राजीनामा केही दिनअघि स्वीकृत समेत भइसकेको प्रवक्ता घिमिरेले बताए छन् ।

राजीनामा पत्रमा उनले घरायसी कामको कारण देखाएको प्रहरीले जनाएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ