एसीसी मेन्स यु–१६क्रिकेट नेपालसँगजापान ९ विकेटले पराजित


काठमाडौं । एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत नेपालले जापानलाई पराजित गरेको छ ।
मलेसियामा जारी एसीसी मेन्स यू १६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा आज टस जितेर पहिले बलिङ गरेको नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो ।
यो जितसँगै नेपालले ४ अंक जोडेको छ । जापानले दिएको ८१ रनको लक्ष्यनेपालले १४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो ।
नेपालका श्रीयान्स बजँगाईले अविजित रहँदै सर्वाधिक ३८ रन बनाए । ४२ बल खेलेका उनले ७ चौका प्रहार गरे । प्रशिद्व जैशीले ३७ बलमा ३ चौका सहित ३३ रन बनाए । जोय थापा १ रनमा पभिलियन फर्किए ।
नेपालको पहिलो खेल सिंगापुरसँग थियो । सिंगापुरलाई नेपालले ५ विकेटले हराएको थियो । यू १६ इस्ट जोन कपमा नेपाल सहित १० टोलीको सहभागिता छ ।

MANTIN, MALAYSIA – JUNE 24: Images during the match between Japan and Nepal during the ACC Men’s U16 East Zone Cup 2025 at Kolej Tuanku Ja’afar Oval on June 24, 2025 in Mantin, Malaysia. Photo by Peter Lim for Asian Cricket Council
Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ