
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई कर्मचारीलाई बिहीबार दिबाइ गरेको छ । बक्सिङका मुख्य प्रशिक्षक प्रवीण तुलाधर र नेपाल विज्ञान खेलकुद प्रतिष्ठान (सान) की लेखापाल इरा कार्कीलाई बिदाइ गरिएको हो । ५८ वर्ष उमेरहदका कारण दुवैले असार २ गते अनिवार्य अवकास पाएका हुन् ।
ओलम्पियन समेत रहेका तुलाधर २०५२ साल असोज ९ गते राखेपमा सेवा प्रवेश गरेका थिए । कार्कीले २०५३ साल असोज ४ गते सेवा सुरु गरेकी थिइन् ।

राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले दुवैलाई मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा प्रशासन विभागका प्रमुख भोजानन्द राई, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेल, प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहाल, कर्मचारी प्रशासन शाखाका प्रमुख सारंगीन निरौला, राखेप कर्मचारी संघका अध्यक्ष सरस्वती केसी भण्डारी र महासचिव कुमार बस्नेत, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।